- १९ माघ २०७८, बुधबार १४:४४
लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।
जसमा नेपाल लाइफ इन्स्योरेन्स पनि कारबाहीमा परेकाे छ । बिमा ऐन, २०४९ अनुसार बिमा कम्पनीले आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आव सकिएको मितिले १० महिनाभित्र समितिलाई बुझाउनुपर्ने व्यवस्था छ । ती बिमा कम्पनीले यही व्यवस्थाको बर्खीलाप गरेको पाइएको छ । -रासस
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्