- ८ माघ २०८१, मंगलवार १८:१२
पोखरा- पोखरामा विद्यालय शिक्षा विधेयक-२०८० बारे सुझाव संकलन गरिएको छ। प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आयोजनामा आइतबार भएको सरोकारवालाबीच सुझाव संकलनमा सहभागीले प्राविधिक शिक्षा, सीपमूलक र व्यावहारिक शिक्षा हुनुपर्नेमा जोड दिए।
समितिका सभापति अम्मरबहादुर थापाको नेतृत्वमा सिंगो टिम विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा सुझाव संकलनका लागि गण्डकी प्रदेश राजधानी पोखरा आएको हो। कार्यक्रममा प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य एवं पूर्व शिक्षा मन्त्रीद्वय सुमना श्रेष्ठ र देवेन्द्र पौडेल, अर्का सदस्य वीना जैसवाल समेत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो।
समितिका सभापति थापाले १९ थरीका शिक्षकलाई एउटै डालोमा ल्याउनुपर्नेमा जोड दिए। उनले देशका सातै प्रदेशमा प्रस्तावित विधेयकका बारे सुझाव संकलनपछि अन्तिमरूप दिइने जानकारी दिए। आगामी हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित गरिने बताए।










प्रतिकृया दिनुहोस्