- २५ पुष २०८१, बिहीबार ११:२८
ऐरावती गाउँपालिकाको ४१ वटा सामुदायिक विद्यालयका दुई सय ५५ विपन्न विद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएकाे छ। स्थानीय युवाहरुले सञ्चालन गरेको फेसबुक अभियानबाट उठेको रकमले उनीहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन्।
देश विदेशका ८३ जना सहयोगी दाताबाट एक लाख २० हजार ४२६ रूपैयाँ रकम सङ्कलन भएको र त्यसबाट न्यानो कपडा खरिद गरेर दुई सय ५५ जना विद्यार्थीलाई प्रतिव्यक्ति एक-एक थान स्वीटर, टोपी र टाउजर दिइएको अभियानका अगुवा अनुपराज पाण्डेले बताए। पाण्डेका अनुसार एकदेखि कक्षा पाँचसम्मका आभिभावक विहीन, अपाङ्ग र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको हो।
गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गाउँपालिका शिक्षा शाखा प्रमुख यमप्रसाद पाण्डे, ऐरावती-२ का वडा अध्यक्ष भीमेशकुमार घर्ती मगर, मोती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठसहितको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको बताए।










प्रतिकृया दिनुहोस्