- १६ पुष २०८१, मंगलवार १५:४१
काठमाडौं । विद्यार्थीलाई ओरिएन्टेशनका लागि ककनी लगिन्छ । क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालिन्छ । तार्पिन तेल मानव स्वास्थ्यका लागि विषसरह मानिन्छ । त्यसको असर छेवैमा बसेकी गुनगुन तामाङलाई पर्छ र उनि ढल्न पुग्छिन् । गुनगुन ढलेपछि शिक्षकहरु गम्भीर हुनुपथ्र्यो, तर,विद्यार्थीहरुलाई भित्र पठाएर रमाइलो गर्नतिर लाग्छन् । झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याइन्छ । तर चिकित्सकले ‘ब्रोट डे*थ’को घोषणा गर्छन् ।
चिकित्सक भन्छन् ‘समयमा अस्पताल ल्याउन सकिएको भए ज्यान बचाउँन सकिन्थ्यो’ । अभिभावक भन्छन् ‘जेभियर कलेजले गम्भिर लापरवाही गर्यो’ । तर जेभियर कलेज भन्छ ‘यसमा कुनै सत्यता छैन । गुनगुनको प्राकृतिक निधन भएको हो ।’
जेभियर कलेजको यस्तो लापरवाही यो पहिलो पटक हैन । पाँच वर्षअघि कुलेखानी क्षेत्रमा शैक्षिक भ्रमणमा लगिएका विद्यार्थी सुरज भेटवालको इन्द्रसरोबर तालमा पौडी खेल्ने क्रममा मृ*त्यु भएको थियो ।










प्रतिकृया दिनुहोस्