- १२ पुष २०८१, शुक्रबार १४:४४
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम भर्न भराउन विद्यालयहरूलाई आग्रह गरेको छ। बोर्डले एक सार्वजनिक सूचनामार्फत फाराम भर्न आग्रह गरेको हो।
कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत) यही पुस १२ देखि माघ १२ गतेभित्र फाराम भर्न भराउन आग्रह गरिएको छ।
फारामसहित प्रतिपरीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ लाग्ने बोर्डले सूचनामा उल्लेख गरेको छ।
सूचना

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्