- ३० कार्तिक २०८१, शुक्रबार ०६:४७
मकवानपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठक हेटौंडामा प्रारम्भ भएको छ ।
शैक्षिक, धार्मिक, सांस्कृतिक एवम् ओैद्याेगीक नगर हेटौंडामा आफ्नो सांगठनिक समीक्षा र आगामी कार्ययोजना तय गर्ने उद्देश्यका साथ केन्द्रीय कार्यकारिणी समिति बैठक आजबाट प्रारम्भ भएको परिषद्ले जनाएको हाे ।
कार्तिक २९ गतेलदेखि मंसिर १ सम्म चल्ने बैठकमा परिषद्ले गत वर्ष गरेका सांगठनिक गतिविधि, प्रशिक्षणात्मक गतिविधि, प्रदेश अधिवेशन, नगर प्रशिक्षण वर्ग, विभिन्न आयाम क्षेत्रकाे सम्मेलनहरू, सेवा कार्य, शैक्षिक सामग्री वितरण जस्ता शैक्षिक गतिविधिकाे बारेमा बृहत् रूपमा छलफल र समीक्षा गर्ने महासचिव विष्णुप्रसाद पंगेनीले बताएउनु भयो ।
त्यसैगरी परिषद्का राष्ट्रिय अध्यक्ष गाेपीनाथ कण्डेले परिषद्ले आगामी दिनमा गर्ने रचनात्मक गतिविधि, सांगठनिक प्रशिक्षण, शैक्षिक क्षेत्र सुधारका लागि शैक्षिक प्रस्ताव , देश र समाजकाे विविध समस्या समाधानका लागि समसामयिक प्रस्ताव पारित गर्ने, परिषद्काे १० ओैँ राष्ट्रिय अधिवेशनकाे मिति र स्थान तय गर्ने, विविध आयाम कार्यहरूकाे बारेमा बृहत् बहस, चिन्तन छलफल यस बैठकले गर्ने बताउनु भयो ।
साथै उहाँले देशमा भएको विकृति विसंगती, अराजकता, धर्म संस्कृतिमाथि प्रहार भएकोमा चिन्ता व्यक्त गर्नु भयो । परिषद्ले शिक्षा , स्वास्थ्य, न्यायलय, प्रशासन, सुरक्षा क्षेत्रमामा दलीय भागबन्डा र नियुक्ति बन्द गर्नु पर्ने विषयमा निरन्तर रूपमा एउटै अडार राखेर काम गरिरहेकाेले त्याे जसरी पनि ठिक गर्न लागिपर्नु पर्ने बताउनु भयो ।
आज देशमा राष्ट्र विराेधि शक्तिहरूले निरन्तर रूपमा राष्ट्रलाई खाेक्राे बनाउन काम गरिरहेकाेले सबै कार्यकर्ताहरू सचेत र
निस्वार्थ रूपले परिषद्काे ईश्वरीय काम गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
तीन दिन सम्म चल्ने बैठकमा देशभरबाट ४० जना भन्दा बढी राष्ट्रिय र केन्द्रीय समितिका सदस्यहरूकाे उपस्थिति रहेकाे छ । उक्त उपस्थिति सदस्यहरूले संगठनकाे महत्त्वपूर्ण राष्ट्रिय स्तरकाे कार्यक्रमहरूकाे बारेमा बृहत् आगामी कार्य याेजना तय गर्ने परिषद्ले जनाएको छ ।










प्रतिकृया दिनुहोस्