- १८ आश्विन २०८१, शुक्रबार १९:५१
काठमाडौं । त्रिविले परीक्षा सकिएको चार मैनामै नतिजा सार्वजनिक गर्न थालेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले धमाधम एक पछि अर्को गर्दै परीक्षा सकिएको ४ महिनाको अन्तरालमा नै ४ बर्षे B.Sc दोस्रो बर्ष (२०८०) को नियमित तर्फको २०८१ साल बैशाख र जेष्ठ महिनामा सम्पन्न परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नतिजा हेर्नको लागि: www.tuexam.edu.np मा गएर आफ्नो विषय सहितको प्राप्ताङ्कको नतिजा हेर्न सक्नु हुनेछ ।
त्रि.विमा दशैँ बिदा हिजोदेखि नै भए पनि नतिजा सकभर छिटो भन्दा छिटो सार्वजनिक गर्नु पर्छ भन्ने सोचका साथ बिदाको समयमा आएर काम गरी नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्