- ३१ श्रावण २०८१, बिहीबार २१:१७
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले काठमाडौं तारकेश्वर नगरपालिका काभ्रेस्थली स्थित श्री कालीदेवी मा वि र श्री विराट सनातन धर्म संस्कृति विद्यापीठ गुरुकुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

परिषद्ले बिहिवार शान्तिधाम नेपालकाे प्राङ्गणमा एक विशेष वितरण कार्यक्रमकाे आयोजना गरी आवश्यकतामा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको परिषद्ले जनाएको छ ।

परिषद्ले यस वर्ष देशकाे पनि भारत सरकार र भारतीय जनताको सहयोगमा र सेवा र विकासका लागि युवाकाे समन्वयमा १६ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने याेजना अनुरूप यही साउन १८ गते पत्रकार सम्मेलन गरेर वितरण गरिने जिल्ला र शैक्षिक सामग्रीहरू सार्वजनिक गरेको थियोे । त्यसै अनुरूप परिषद्ले साउन ३१ गते विहिबार शान्ति धामकाे विराट सनातन धर्म संस्कृति विद्यापिठ र कालीदेवी मा विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हाे ।

वितरण कार्यक्रममा प्रमुख अतिथि वृहत् शान्तिधाम नेपालका पिठाधिस चुडामणी स्वामि जि महाराज, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, महासचिव विष्णुप्रसाद पंगेनी, हिन्दू स्वयंसेवक संघ, नेपालका काठमाडौं पश्चिम जिल्ला संघ चालक नवराज अधिकारी, विराट सनातन धर्म संस्कृति विद्यापीठ गुरूकुलका प्राचार्य अग्नि प्रसाद उपाध्याय, कालीदेवी माध्यमिक विद्यालयकी शिक्षिका श्रीमती शाेभा बराल ढकाल, लगायत विभिन्न सामाजिक व्यक्तिहरूकाे विशेष उपस्थितिमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियोे ।












प्रतिकृया दिनुहोस्