- ३१ श्रावण २०८१, बिहीबार १०:५३
काठमाडौँ । काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजिव तिमिल्सिनाले बताए ।
कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो । प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेछन् । सिंह क्याम्पस रहेको क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद पनि हुन् ।
प्रदर्शनीमा विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले बताए । कार्कीले विद्यार्थीले औपचारिक अध्ययनसँगै रोजगारमा पनि जोडिन चाहेको शिक्षा खोजेकाले आफूहरुले त्यस्तै शिक्षा प्रदान गर्दै आएको बताए । कार्कीले प्रदर्शनीले विद्यार्थीहरुमा केही गरौं भन्ने भावना जाग्ने अपेक्षा गरेको जनाएका छन् ।
केसीसी एक्जिबिट २०२४ को मूल नारा ‘सूचना प्रविधि र इन्जिनियरिङमा नवप्रवर्तन कार्यक्षमता र दिगाेपनमा वृद्धि’ रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँनयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् ।
प्रदर्शनीमा राखिने नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित रहने छन् । प्रदर्शनीमा १२ हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको पनि मिडिया संयोजक तिमल्सिनाले बताए । प्रदर्शनीमा इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्काेकाे फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरकाे ट्राफिक मेनेजमेन्ट विथआउट लाइट, पाेड वे ट्रान्सपाेर्टेसन सिस्टम, नागढुङ्गा टनेल, रिटेनिङ एण्ड स्टेबिलिटी स्टक्चर, लिक्वी फ्याक्सन, अर्लि वार्निङ सिस्टम लगायतका विभिन्न प्रोजेक्ट आदि छन् ।
यसैगरी आइटीतर्फ फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट राेबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम, जेष्टर कन्ट्राेल प्रिजेन्टेशन, हाेम अटाेमेशन सिस्टम, फ्लाेड अलर्ट सिस्टम, पेमेन्ट कन्फर्मेशन, इमर्जेन्सी अलर्ट सिस्टम, अटाेमेटिक वाटर लेभल कन्ट्राेलिङ, स्मार्ट एग्रिकल्चर सिस्टम लगायतका प्राेजेक्ट प्रदर्शनीमा रहने छन् । यी सिस्टममा अधिकतम एआईकाे प्रयाेग भएका छा् । यता ब्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराकाे प्रदर्शनी गर्ने छन् । विभिन्न विधाका गरी, ३० भन्दा बढी स्टल रहने प्रदर्शनीका उपसंयोजक सरोज पाण्डेले जानकारी दिए ।
कलेज प्राङ्गणमै हुने प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहित राष्ट्रिय स्तरका कलाकारहरुको विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक तिमल्सिनाले जानकारी दिए । दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवर्द्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए ।
प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ । यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन् ।
कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्