- ३० श्रावण २०८१, बुधबार १७:२२
काठमाडाैँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका ५९ वटा कलेजलाई कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ। मन्त्रालयले मुल्याङ्कन तथा अनुगमन गरेर स्विकृति प्रदान गरेका ५९ वटा कलेजमा विद्यार्थी भर्ना गर्न सूचित गरेकाे हाे।
मन्त्रालयले यी बाहेक अन्य विदेशी विश्वविद्यालयकाे नाममा सञ्चालनमा रहेकाे भनिएका कलेजमा विद्यार्थी भर्ना नगर्न अभिभावकलाई आग्रह गरेको छ। मन्त्रालयले भनेको छ,‘५६ वटा बाहेक अन्य विदेशी विश्वविद्यालयको कोर्स सम्बन्धी कलेजमा स्नातक र माथिल्लो तहको कार्यक्रममा विद्यार्थी भर्ना नगर्न नगराउन सबैको लागि यो सूचना प्रकाशित गरिएको छ।’
मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखापरिक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेजको सूची मन्त्रालयले सार्वजनिक गरेको हाे।










प्रतिकृया दिनुहोस्