- १ माघ २०७८, शनिबार १८:१३
काठमाडौँ – माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लासपूर्वक मनाउने गर्छन्।
सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ। धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्।

मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवं त्रिवेणीमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार सेवन गर्ने परम्परा छ।
यसैबीच मगर समुदायले काठमाडौँको टुँडिखेलमा भेला भएर माघे संक्रान्ति पर्व मनाएका छन्। पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि यसपटक अघिल्ला वर्षहरुको जस्तो चहलपहल भने थिएन।
सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै भेला हुन नपाइने भनेको छ। जसका कारण पनि मगर समुदायका केही सीमित युवायुवतीहरु मात्रै टुँडिखेल पुगेका थिए। उनीहरु परम्परागत साँस्कृतिक पहिरनमा सजिएका थिए।











प्रतिकृया दिनुहोस्