- ३१ असार २०८१, सोमबार १४:२७
असार ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ९ नयाँ सांसदहरूलाई मन्त्री बनाएका छन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये ९ जना पहिलोपटक मन्त्री बनेका हुन् ।
कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् ।
एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पहिलो पटक मन्त्री बनेका छन् ।
दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्