- २७ असार २०८१, बिहीबार १६:२४
नवलपुर । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७।३७ मिटर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ ।
यसैबिच, नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए । केही दिन अगाडि नारायणीमा आएको बाढीका कारण गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका केही वडा डुबानमा परेका भन्दै उहाँले जिल्लास्थित सुरक्षा निकाय, रेडक्रसलगायत सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए ।










प्रतिकृया दिनुहोस्