- २१ असार २०८१, शुक्रबार ०७:११
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०८१/२०८२ को स्नातक (बी.ई./बी.आर्क) तहमा विद्यार्थी भर्ना गर्न सञ्चालन गरिने प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।
त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धनप्राप्त कलेजहरूमा शैक्षिक वर्ष २०८१/२०८२ का लागि स्नातक (बी.ई. / बी. आर्क) तहका विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्यूटर विधिमार्फत सञ्चालन गरिने प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।
परीक्षा मिति २०८१ भाद्र १६ देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र,पुल्चोक, ललितपुर र पश्चिमाञ्चल क्याम्पस, पोखरामा तोकिएको स्थान, समय र शिफ्ट अनुसार सञ्चालन गरिने जनाएको छ । आवेदन भदौं ९ गते सम्म दिन सकिने विश्वविद्यालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्