- १८ असार २०८१, मंगलवार १२:०६
काठमाडौँ । जिपी कोइराला मेमोरियल कलेजले १३ औँ वार्षिक उत्सव मनाएको छ ।
असार १८ गते मंगलबार गिरिजा प्रसाद कोइरालाको सम्झनामा स्थापना गरिएको कलेजले कलेज स्थापनाको १३ वर्ष पुरा गरेको उपलक्षयमा स्थापना दिवस विशेष कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली काङग्रेका नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जन्मदिनमा स्थापना गरिएको कलेजले हरेक वर्ष गिरिजा प्रसाद कोइरालाको जन्मदिनको अवसरमा अफ्नो स्थापना दिवस मनाउने गरेको कार्यक्रमका सभापती एवं का»ग्रेस नेता न्हुछेनारायण श्रेष्ठले बताउनु भयो ।
साथै कार्यक्रममा त्रिविका रजिष्टार प्रा.डा. केदार रिजालले जि.पि कोइराला कलेजले छोटो समयमै शिक्षा क्षेत्रमा उदारणीय योगदान पु¥याउदैँ आज हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सफल भएको र कलेजमा विद्यार्थीको आकर्षण पनि बढान सफल भएकोमा बधई तथा शुभकाना दिनु भएको थियो । “उहाँले आज दिन प्रतिदिन विद्यार्थी पलायनको दर बढदै गइरहेकोले देशको शिक्षा भयावह हुने अवस्था तर्फ लम्किरहेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । आजका युवा पुस्ताले स्वतन्त्रता खोजि रहेको र आफैँले केही काम गरेर खान चाहेको, अरूसँग आश्रित हुन नचाहेको र काम गर्दै पढन खोजि रहेकोमा राज्यले त्यस्तो वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।
साथै कार्यक्रममा कलेजका प्रमुख शिव प्रसाद अधिकारीले कलेजको प्रगति विवरण एवं वार्षिक प्रतिवेदन पेश गर्नु भएको थिए । उहाँले विगतमा ९ जना विद्यार्थी भर्ना गरेर सुरु गरिएको कलेजमा हाल ३ हजार जना भन्दा बढी विद्यार्थी अगल अलग संकायहरूमा पढि रहेको र जि.पि कोइराल कलेजका विद्यार्थीहरूले विश्वविद्यालय टप गरेको, लोक सेवा आयोगमा विशिष्ठ श्रेणीमा नाम निकाल्न सफल भएको साथै सामुदायीक कलेज मध्ये देशको ठुलो दोस्रो सामुदायिक कलेजको रुपमा स्थापित भएको कुरा बताउनु भएको थियो । साथै जि.पि कोइराला कलेजलाई विश्वविद्यालयको रुपमा अगाडी बढाउने योजना रहेको कुरा पनि बताउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा वागमती प्रदेश सभा सदस्य मिना पराजुलीले शान्तिको प्रतिक साथै नेपाली राजनीतिलाई शान्तिको दिशामा अगाडि बढाउने महान नेता गिरिजा प्रसाद कोइरालको नाममा सञ्चालन गरिएको कलेजले छोटो समयमा ठुलो उपलब्धि हासिल गर्न सफल भएकोमा शुभकामना दिनु भएको थियो । कार्यक्रमा चर्चित गायक निशान भट्टराईले सांगितिक प्रस्तुत गरि विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
फोटो फिचर











प्रतिकृया दिनुहोस्