- ८ जेष्ठ २०८१, मंगलवार ०८:०५
सरकार मातहतका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीमा जुटेका छन् ।
धुलिखेलमा शनिबारदेखि चलेको चिकित्सा शिक्षा आयोग, ६ वटा प्रतिष्ठानका पदाधिकारी र विज्ञहरुको छलफलले पाठ्यक्रमका लागि पहिलो चरणमा साझा ढाँचा तयार पारेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाठ्यक्रम तयार पार्ने काम भइरहेको हो ।
न्याम्सका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतले आगामी शैक्षिक सत्रदेखि नै एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने सेल्फ अप्राइजल पास, पूर्वाधार तथा जनशक्तिको तयारीमा प्रतिष्ठानहरु जुटेका छन् ।
त्यसै आधारमा सबै प्रतिष्ठानका प्रतिनिधिबाट एक कार्यदल बनाएर पाठ्यक्रम निर्माणको काम अगाडि बढाउने जिम्मेवारी दिएको उनले बताए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्