- ११ पुष २०७८, आईतवार १४:२२
काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८.१ प्रतिशत सर्वसाधारणको पहुँचमा बीमा सेवा पुगेको छ। गत वर्ष यसै अवधिमा बीमाको पहुँच २२.१४ प्रतिशत रहेको थियो।
बीमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नौ हजार एक सय ५३ वटा जीवन बीमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बीमालेख जारी भएको छ।
जीवन बीमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बीमालेख संकलन गरेका छन्। यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बीमाशुल्क संकलन भएको समितिले जानकारी दिएको छ।
चालु आवको मंसिरसम्ममा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बीमा शुल्क उठाएका छन् । यसैगरी मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बीमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ।-न्युज कारखाना
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्