- २६ चैत्र २०८०, सोमबार १६:४०
काठमाडौं । गायक निशान भट्टराई र गायीका ऋचा न्यौपानेबीच सम्बन्ध बिच्छेद (डिभोर्स) भएको छ ।
केही वर्ष अघि कानुनी विवाह गरेका भट्टराई र ऋचाले सहमतिमै सम्बन्ध बिच्छेद गरेका हुन् ।
गत चैत ७ गते जिल्ला अदालत काभ्रेले उनीहरुबीच सम्बन्ध बिच्छेद गर्न आदेश दिएको थियो ।
ऋचाले सम्बन्ध बिच्छेदको निवेदन दिएकोमा उनीहरुबीच मिलापत्र समेत भएको अदालतको फैसलामा उल्लेख रहेको छ ।
फैसलामा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्