- १० चैत्र २०८०, शनिबार २०:३२
काठमाडौँ । समय मिलाएर नयाँ ठाउँ पुगिहाल्नु पर्ने म र ठिकै ठिकै घुम्न मन पराउने मदनजी । हाम्राे मित्रता बडाे अजिबकाे छ । आआफ्नाे कर्मकाे अभ्यस्तमा व्यस्त हामी,खै! भेट् हुँदा हाम्रा गफहरूलाई समयकाे अत्तोपत्तो हुँदैन । मंगलबार करिब साढे साझ छ बजेतिर पाेखरादमाैलितिर लागेँ । एकैछिनमा सूर्य परकाे डाडाबाट अलप हुनुभयाे । बिस्तारै अन्धकार छाउँदै गयाे । अहिले पाेखराबाट दमाैलीसम्मकाे बाटाे निर्माणकाे क्रममा छ ।
धुलाे नै धुलाे, खाल्टा खुल्टी ,चिप्लाे हिलाे, अझै रातीमा हाइ लाइल बालेर आउने ट्रकहरूले त झनै सकस बनाउँदा रहेछन् हिड्न । जसाेतसाे करिब २ घण्टाकाे संघर्षपूर्ण बाटाे छिचाेलेर दमाैली पुगेँ । धुलाम्मे म सायद् यस्तै अवस्थामा जाे काेही चिन्दैन थे हाेलान् । दाह्री र कपालभरि धुलाेले लेपिएर सेतै फुलेजस्ताे देखिने बाथरूम छिरेर ऐनामा हेर्दा आफैले आफैलाई ठम्याउन गाह्राे भयाे ।
पुष्प सरकाे पाककलाले परिपाक भएकाे ढकनीले पर्खिरहेकाे छ मेराे भाेकलाई । घाटीकाे मार्ग हुँदै नशा नशामा सञ्चरित याे दुधमा लपक्क पाखेकाे ढकनी । जडराग्नीलाई ढकनीकाे आहुती दिसके पश्चात् केही गन्थन्मथन गर्दा गर्दै थाहै नपाइ निन्द्रा देवीकाे शरणमा पुगिएछ। बिहान सबेरै आलामले निकाल्याे निन्द्राकाे पिञ्जराबाट । सर विद्यालय जानुभाे म लागेँ मदनजीका तिर । मदनजी स्कुलकाे छुट्टी लिएर बस्नुभएकाे रहेछ । मलाई त के चाहियाे र अब । झटपट बाइक निकालेर लाग्याे दमाैलीस्थित व्यास गुफातिर । राेडबाटाेबाट करिब दुई मिनेट पैदल यात्रा तय गरेपछि पुगिँदाे रहेछ व्यास गुफा । एकादशीकाे दिन त्यहाँकाे वातावरण पुरै अध्यात्मय थियाे ।
भजनकिर्तन, साधु सङ्गत,भक्तहरूकाे सेवा प्रवाह साच्चै अध्यात्मकाे विशद उदाहरण थियाे त्याे समय । कृष्ण द्वैपायनले यही मादी र सेती नदीकाे सङ्गमकाे जलले सिञ्चित गरी यही गुफा कन्दराभित्र बसेर दिएका थिए संसार चार वेद अठार पुराण । हजाराै यतिहरूकाे साधनाकाे शक्तिले वेष्ठित याे क्षेत्रमा पुग्दा सायद जाे काेही पनि बाहिरी दुनियाँ बिर्सेर भित्रकाे संसारलाई चिह्याउन अभिप्रेरित हुन्छ । भित्रकाे इश्वरकाे खाेजीमा हिडेका हामी दुई मनुवालाई त झन् मामागघर गएजस्तै भैगयाे । एकदशीकाे अवसरमा चलिरहेकाे अखण्ड हरिकृतनमा हामी पनि समाविष्ट भयाैँ । साधनाबिना मुक्ति असम्भव प्रायः छ, जीवनकाे चाैथाे चरणमा पुगेर पनि भगवत् प्राप्तिका लागि अभ्यस्त माताहरूलाई सायद मार्ग प्रसस्त गर्न उनै वेदव्यासकाे खाचाे जाे खड्किरहेकाे जस्ताे लाग्याे ।
अखण्ड हरिकृतनकाे प्रसाद लिएर हामी लाग्याैँ मानहुँकाेटतिर । दमाैलीबाट हेर्दा मानहुँकाेट आकाशसङ्ग छाेइन्छजस्ताे लाग्छ,बादसङ्ग टाँसिन्छजस्ताे लाग्छ । दमाैली बजारबाट करिब २ किलोमिटर आइबे हिडेपछि चापाकाेट अर्चले पुगिन्छ । पुल तरेर चापाकाेट अर्चलेबाट उल्किन शुरू गर्याे उकालाे लागेर माेडै माेडकाे साघुराे बाटाेमा गुड्दै थियाै हामी दुई मुसाफिर । प्राय: हाम्राे तीर्थयात्रा हुन्छ यस पटक भने तीर्थ यात्रापछि फेरि शुरू भयाे प्रयटकीय यात्रा । करिब ८ किलोमिटर कतै कच्ची,कतै ग्राभेल तर अधिकांश पिच गरेकाे बाटाे तय गरेर लभगभ पैँचालिस मिनेटमा पुग्याैँ हामी मानहुँ काेट । वसन्तले प्रेमिल सुरिलाे हावाले धुलाेकाे रङ्गले रङ्गीन भएर हाेली खेली रह्याे हामीसङ्ग । आकाश भने रिसाए झै मलिन अनुहार लगाएर बसिरहेकाे थियाे । तल फाटमा दमाैली बजार आफ्नाे छाती बिच्छ्याएर हाम्रा आखाका दृष्टिलाई स्वागत गर्न कुरिरहेकाे थियाे । जंगलमा राताम्मे फुलेका फुलहरूले पराग बर्षाइ दिए । ढुङ्गाहरूले आसन टक्राए ।
हामी पनि प्रकृतिकाे याे तादाम्यतालाई आत्मसात् गर्दै मानुहँकाे मुक्तकण्डले गुणगान गाउँन पछि परेनाैँ । मानुहुँकाेट मनु र ऋषि र महाहनु ऋषिकाे तपस्यास्थल रहेछ । मनु र महाहनु ऋषिले तपस्या गरेकाे सन्दर्भ यसकाे नामाकरणसङ्ग जाेडिँदाे रहेछ र मगर भाषाका मा र नुङ शब्द जाेडिर मानुङ् भएर पछि यसकाे नाम मानहुँ भएकाे हाे भन्ने प्रचलन पनि रहेछ । महाभारत पर्वत श्रृङखलामा पर्ने यस डाडालाई स्थानीय भाषामा लामी डाडा पनि भनिँदाे रहेछ । थाेरै समयका लागि गएका हामीले यहाँकाे साेन्दर्यले तानिरह्याे । विशाल भ्यूटावरकाे निर्माण हुँरहेछ, याे त स्वयंमा एक भ्यूटावर हाे ।
प्रकृतिले निर्माण गरिदिएकाे यति ठूलाे अट्टालिकामाथि किन कङ्क्रिट बाेझ थपिरहनु, खैर केही छैन, केही नगर्नुभन्दा केही गर्नु राम्रै हाे । दमाैली बजारमा हामीले चिनेका ठाउँहरू खुट्याउँदै हाम्रा नजरहरू अन्नपूर्ण,मनासलु,माछापुच्छ्रे हिमालसङ्ग ठाेक्किएर फर्किए । नवलपरासीकाे देवचुली डाडा,कास्कीकाे कास्कीकाेट,काहुँ डाडा,गारखाकाे मनकामनासम्म पनि आखालाई पुर्याइछाड्याै । प्रकृतिले आफ्ना काैशलले ढुङ्गा विच्छ्याएर मानहुँलाई झन् साेन्दर्य थपेकि रहिछन् । बादलपारीकाे गाउँ भनेर नजिकै गाउँँ रहेछ । अधिकांश मगरहरूकाे बस्ती भएकाे यहाँ आंशिक रूपमा व्राह्मण र क्षेत्रीहरूकाे बसाेबास रहेछ । परिवार सहित आवासीय रूपमा नाइट स्टे गर्ने पर्यटकहरू पनि प्रसस्त जाने रहेछन् यहाँ । मानहुँकाेट आदिकवि भानुभक्त आचार्यकाे ससुराली गाउँ हाे । भानुभक्त आचार्यले मानहुँ काेटकाे साैन्दर्य गान गरेकाे प्रसङ्ग पनि मैले मदनजीलाई सुनाएँ । साझ साझ पर्न थालिसकेको थियाे । हाम्रा गफ र मानहुँकाे साैन्दर्य रसपानले भने उपसंहार पाइसकेकाे थिएन । फर्किने मनसाए बनायाैँ । फेरि त्यहीबाट हुँदै करिब छ बजेतिर दमाैली पुगेर हामीले इतिश्री गर्याै मानहुँ यात्रालाई ।










प्रतिकृया दिनुहोस्