- ९ माघ २०८०, मंगलवार ०८:२८
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा खुला प्रतिस्पर्धाका लागि आवेदन दिने अन्तिम दिनसम्म उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. शिवलाल भुसाल र मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह लगायतका रहेका छन् ।
त्यसैगरी समितिको उच्च स्रोतका त्रिविकै पूर्व उपकुलपति प्रा.डा. तीर्थ खनिया, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, त्रिविका पूर्व डीन गुणनिधि न्यौपाने, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी लगायतले आवेदन दिएका छन ।
यसअघि पूर्व उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कार्तिक १६ सकिएपछि शिवलाल भुसाललाई प्रधानमन्त्री कार्यालयले उपकुलपतिको जिम्मेवारी दिएको थियो ।
त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो । यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पहिलो पुस २० गते सूचना जारी गरेको र उक्त सूचना नै विवादास्पद भएपछि पुस २३ मा दोस्रो पटक सूचना प्रकाशन गरिएको थियो ।
पहिलो पटक पुस २० गते सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको मापदण्ड नियोजित तरिकाले आफ्ना नेता नियुक्त गर्ने प्रक्रिया भएको सर्वत्र विरोध भएपछि प्रधानमन्त्रीले मापदण्ड परिवर्तन गर्न गराउन समितिलाई निर्देशन दिएपछी पहिलो विज्ञापनको सूचनाको ‘ङ’ नम्बर बुँधा परिवर्तन गर्दै उपकुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८० जारी गरी पुस २३ गते नयाँ विज्ञापन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त दिने ४३ जना:-
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त दिने ४३ जना:-
१) विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल,
२) त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाँ,
३) नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा,
४) पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजङ्ग बराल,
५) त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल,
६) त्रिविकै पूर्वशिक्षाध्यक्ष प्रा.डा. गुणनिधि न्यौपाने,
७) त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्य
८) मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह,
९) नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्रा.डा. इन्द्र कार्की,
१०) त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेल
११) सङ्गीता रायमाझी,
१२) सञ्जय आचार्य,
१३) प्रा.डा. टङ्कनाथ धमला,
१४) प्रा.डा. आनन्दवल्लभ जोशी,
१५) प्रा.डा. अक्कलजेव मिश्र,
१६) प्रा.डा. ऋदिशकुमार पोखरेल,
१७) नारायणप्रसाद पाठक,
१८) प्रा.डा. ज्ञानेन्द्रप्रसाद पौडेल,
१९) डा. विनयकुमार झा,
२०) डा. शुभनारायण पाठक,
२१) प्रा.डा. महानन्द चालिसे,
२२) सूर्यबहादुर थापा,
२३) प्रा.डा. भोजराज अर्याल
२४) भीमसेन देवकोटा,
२५) प्रा.डा. वेदनाथ शर्मा,
२६) प्रा.डा. नारायणप्रसाद बेल्बासे,
२७) प्रा.डा. हेमराज शर्मा,
२८) प्रा.डा. प्रकाश घिमिरे (काठमाडौँ),
२९) प्रा.डा. प्रकाश घिमिरे (गोरखा),
३०) डा. रामचन्द्र बस्नेत,
३१) प्रा.डा. केदारनाथ घिमिरे,
३२) प्रा.डा. महेन्द्रप्रसाद शर्मा,
३३) प्रा.डा. विनोद पराजुली,
३४) प्रा.डा. देवबहादुर खड्का,
३५) प्रा.डा. कृष्णराज तिवारी,
३६) प्रा.डा. गोविन्द सुवेदी,
३७) प्रा.डा. नवराज देवकोटा,
३८) बालमुकुन्द रेग्मी,
३९) प्रा.डा. रामप्रसाद रेग्मी,
४०) प्रा.डा. चित्रबहादुर बुढाथोकी,
४१) प्रा.डा. त्रिरत्न बज्राचार्य,
४२) प्रा. डा.एकराज ओझा
४३) प्रा.डा. प्रमोदकुमार झा ।










प्रतिकृया दिनुहोस्