- २३ पुष २०८०, सोमबार १०:१३
२२ पुष, काठमाडौं । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको सदस्य पदमा जयराम पुडासैनी मनोनयन भएका छन् । नेपाल सरकार मन्त्रिस्तरको निर्णयानुसार ३ बर्षको लागि पुडासैनी मनोनयन भएका हुन् ।
आइतवार शहरी विकास मन्त्री सीता गुरुङबाट पुडासैनीले मनोनयन पत्र ग्रहण गरेको बौद्ध खबरलाई बताए । काठमाडौं महानगरपालिका वडा नं. ६ पाटिटार निवासी पुडासैनी पूर्व वडा सदस्य समेत हुन् ।
मनोनयन पत्रमा भनिएको छ- “तपाईलाई नेपाल सरकार मन्त्रिस्तरको मिति २०८० पुष २० को निर्णयानुसार बढीमा ३ बर्षको लागि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति आदेश २०७३ को दफा ८ को उपदफा १ को खण्ड (छ) बमोजिम अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको सदस्य पदमा मनोनयन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।”
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरी फाँटमा रहेको छ ।











प्रतिकृया दिनुहोस्