- २९ मंसिर २०७८, बुधबार १९:५२
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले सात वटै प्रदेशहरूमा प्रदेश अभ्यास वर्ग सम्पन्न गरेकाे छ ।
गत कार्तिक महिनामा कर्णाली प्रदेशबाट सुरू भएको विद्यार्थी परिषद्काे संगठानिक प्रशिक्षण वर्ग देशकाे सातवटै प्रदेशमा उत्साह जनक कार्यकर्ताहरूकाे सहभागीतामा सम्पन्न भएको हाे ।

नेपालकाे एकमात्र स्वतन्त्र विद्यार्थी संगठनले नेपाली माटाेकाे विचारलाई आफ्नाे वैचारिक अधिष्ठान मानेर विगत २७ वर्षदेखि निरन्तर अशल व्यक्ति निर्माणबाट आदर्श राष्ट्रकाे पुनर्निर्माणमा कार्य गर्दै आईरहेकाे विद्यार्थी परिषद्काे सातवटै प्रदेशकाे प्रदेश अभ्यास वर्ग कुशलता पुर्वक सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको छ ।

परिषदले आफ्ना ७७ वटै जिल्लाका प्रमुख कार्यकर्ताहरूकाे सहभागितामा ७ वटै प्रदेश अभ्यास वर्गहरू कर्णालीकाे काेहलपुरमा, जानकी प्रदेशकाे बर्दिबासमा, सगरमाथाकाे इनरूवामा, बागमतीकाे काठमाडौंमा, लुम्बिनीको परासीमा, गण्डकीकाे गैंडाकाेटमा र सुदुरपश्चिमकाे धनगढीमा सफलतापुर्बक सम्पन्न गरेकाे छ ।

परिषद्ले कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यकर्ताहरू र शुभचिन्तक सहयोगिहरूलाई धन्यवाद ज्ञापन समेत गरेकाे छ ।












प्रतिकृया दिनुहोस्