- ९ पुष २०८०, सोमबार २१:०४
पुष ०९, काठमाडौं । दुई दिवसीय नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षणको सोमबाट त्रिवि व्यवस्थापन विभागका सुरु भएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन बिश्वविद्यालय एकाइ समितिको आयोजनामा व्यवस्थापन संकाय एम.व.एस दाेश्राे सेमिस्टारमा अध्ययनरत विद्यार्थीहरूलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको हो ।

तालिमकाे पहिलो दिनको प्रशिक्षणमा परिषद्का राष्ट्रिय संगठन सहसचिव रमेश कण्डेलले आत्मजागरण, अनुभुति, कुशल नेतृत्व, सामुहिकता, अन्तरव्यक्ति सम्बन्ध, राष्ट्र राष्ट्रियता जस्ता विषयहरूमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा परिषद्का राष्ट्रिय सचिव जानकी आचार्य, केन्द्रीय सचिवालय प्रमुख एवं काठमाडौं महानगर संगठन सचिव दिनेश कार्की, त्रि.वि. संगठन सचिव अर्जुन बगाले, त्रि. वि संयोजक सुस्मिता चालिसे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक सीता खरेल गर्नुभएको छ भने कार्यक्रमको संचालन कान्ति पौडेलले गर्नुभएको थियो ।











प्रतिकृया दिनुहोस्