- ७ पुष २०८०, शनिबार २१:३२
काठमाडौं।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल काठमाडौं महानगर एकाइ समितिकाे एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ ।
गृहमन्त्रालयका अधिकृत परशुराम पाेखरेलकाे प्रमुख आतिथ्यमा नेपाल संस्कृति विश्वविद्यालयकाे ऐतिहासिक क्याम्पस वाल्मीकि विद्यापिठ शनिवार सम्पन्न भएको हाे ।
विद्यार्थी र परिषद्का कार्यकर्ताहरूलाई संगठनात्म परिचय, संगठनकाे कार्य र गतिविधि विभिन्न अभियान, कार्य पद्धति संगठन संरचना जस्ता विषयहरूकाे बारेमा जानकारी सँगै प्रशिक्षित गराउने साथै आगामी कार्यकालका लागि नयाँ महानगर कार्य समिति तयन गर्ने उदेश्यका साथ उक्त अभ्यास वर्ग आयोजना गरिएको थियोे । साेही अनुसार विद्यार्थी परिषद्ले निवर्तमान सचिव भानुप्रकाश जाेसीकाे नेतृत्वमा काठमाडौं जिल्ला टाेलि र नेपाल कमर्स क्याम्पसका संयाेजक विकास रावललाई महानगर सचिवकाे जिम्मेवारी प्रदान गर्दै नयाँ काठमाडौं महानगर कार्यसमितिका चयन गरिएको छ ।
अभ्यास वर्गमा गृह मन्त्रालयका अधिकृत परशुराम पाेखरेलजिले युवाकाे अवसर चुनाैती, स्वदेशमा सम्भावनाकाे खानि, हराउदै गएको स्वदेशी संस्कृति र परसंस्कृति प्रभाव जस्ता विषयहरूमा सहभागी विद्यार्थीहरूलाई बताउनु भएको थियोे ।
अभ्यास वर्गमा राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सचिव जानकी आचार्य, केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईं लगायत परिषद्का प्रमुख कार्यकर्ताहरू र विभिन्न कलेजबाट ५० जना भन्दा बढी विद्यार्थी कार्यकर्ताहरूकाे उपस्थिति सहीत सम्पन्न भएको छ ।
उक्त अभ्यास वर्गबाट काठमाडौं जिल्ला संयाेजक भानु प्रकाश जाेशी, सदस्यहरू सुजता फुयाल, आनन्द ठकुरीलाई चयन गरिएको छ भने काठमाडौं महानगर सचिवमा विकास रावल, सहसचिव यज्ञबल्कय न्याैपाने, छात्रा प्रमुख सरस्वती अर्याल, सह छात्रा प्रमुख चाँदनी पाेखरेल, लक्ष्मी न्याैपाने, मिडिया प्रमुख समिम बरूवाल, सह प्रमुख सिर्जना थापा लगायत २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।











प्रतिकृया दिनुहोस्