- ८ मंसिर २०८०, शुक्रबार १८:०२
अछाम , ८ मंसिर । शिक्षकहरूले आर्थिक वर्ष २०८०/०८१ को साउन देखि यताको तलब नपाएपछि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक महासङ्घ कमलबजार नगर समिति अछामले नगरभित्रका सम्पूर्ण शिक्षक कर्मचारीहरूको मासिक तलब भत्ता नपाएको भन्दै मंसिर १० गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएको हो ।
नेपाल शिक्षक महासङ्घले पटक–पटक तलब भत्ता निकासाका लागि नगरपालिकालाई अनुरोधका साथ ज्ञापन पत्र बुझाउँदा पनि हालसम्म नगरपालिकाबाट कुनै सुनुवाइ नभएकाले विद्यालय बन्द गर्न बाध्य भएको जनाएको छ ।
आज कमलबजार नगरपालिका प्रमुखलाई पत्र लेख्दै आर्थिक वर्ष २०८०/०८१ को श्रावण महिना देखि हालसम्मको तलब भत्ता विद्यालयको खातामा निकासा नभए मंसिर १० गते देखि विद्यालय पूर्ण रूपमा बन्द गर्ने र तलब भत्ता निकासा भएकै दिनदेखि विद्यालय सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्