- ६ मंसिर २०८०, बुधबार २०:२८
काठमाडौं । काठमाडौ क्षेत्र नं ३ बाट गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका (चुनाव चिन्ह पुतली) स्वतन्त्र उम्मेदवार निरन्जन पुडासैनीले दुर्गा प्रसाईं नेतृत्व को नागरिक बचाउ तथा ब्यबस्था परिवर्तनको आन्दोन्लनलाई खुल्ला समर्थन गरेका छन्।
२० वर्षदेखि वागमती पिडित संघर्ष समितिमा रहेर वाग्मती पिडितकाे न्यायका लागि लडिरहनु भएका निरञ्जन पुडासैनले हिन्दू राष्ट्र, राजसंस्था, र सघियता खारेजी जस्ता मुद्दा लिएर गत मंसिरमा सम्पन्न आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा हाेमिएका थिए ।
चुनाव पश्चात् पनि सामाजिक रूपमा सकृय भूमिकामा काम गर्दै राष्ट्रिय शक्ति नेपालकाे केन्द्रीय अभियानता समेत रहेका पुडासैनीले दुर्गा प्रसाईले आफुले विगतदेखि उठाउदै आएकाे मुद्दाहरू उठाएकोले आफ्नो स्वतन्त्र टिमकाे पूर्ण समर्थन गरेकाे शिक्षा संचारलाई बताउनु भएको छ ।
उहाँ आज दिउँसो दुर्गा प्रसाईलाई भेटेर उनलेे चलाएको अभियानलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं स्थायी घर भएका पुडासैनीले विभिन्न सामाजिक
सेवा कार्यमा निरन्तर रूपमा साथ र सहयोग गर्दै आइरहेका छन् ।










प्रतिकृया दिनुहोस्