- १८ आश्विन २०८०, बिहीबार २०:४२
असाेज १८, काठमाडौं । उपत्यकाको पूर्वी क्षेत्रका नगरपालिकाहरु कागेश्वरी मनोहरा, शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायकले संयुक्त रुपमा विज्ञप्ती सार्वजनिक गरेकाे छ ।
बिहीबार काठमाडौं उपत्यकाका पूर्वी पाँच वटा नगरपालिकाका नगर प्रमुखहरुले संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै स्मार्ट सिटीको नामा रोक्का गरिएको जग्गा फुकुवा गर्न माग गरेका हुन ।
‘हालसम्म उक्त नयाँ शहर निर्माणको लागि विस्तुत परियोजना प्रतिवेदन (डिआरपी) लगायत कुनै पनि काम शूरु नभएको अवस्थामा उक्त जग्गा रोक्का भइरहँदा आम जनसमुदायलाई घर लगायत अन्य संरचना निर्माण गर्न र कित्ता काट गर्ने कार्यमा समस्या परी जनसमुदायको दैनीक जनगुनासो आउने गरेकाले यथाश्रीघ उक्त जग्गाको रोक्का फुकुवा गर्न शहरी विकास मन्त्रालय तथा अन्य निकायहरुलाई अनुरोध गर्दै विज्ञप्ति सार्वजनिक गरिएको हाे ।
त्यस्तै, मेयरहरुको बैठकले शहरी विकास मन्त्रालयले रोक्का गरि राखेको जग्गा तत्काल फुकुवा नगरेमा स्थानीय सरकारको अधिकार बमोजीम जग्गा कित्ताकाटको सिफारिस गर्न स्थानीय सरकार अगाडि बढ्ने निर्णय समेत गरिएका छन् ।
काठमाडौं उपत्यकाका पूर्वी पाँच वटा नगरपालिकाका क्षेत्रमा पर्ने जग्गाहरु शहरी विकास मन्त्रालयले २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशित गरि तीन वर्षको लागि नयाँ शहर निर्माण एवं विकास गर्ने र सो जग्गा उपत्यका विकास प्राधिकरणको पूर्वी स्वीकृति विना कुनै प्रकारको भौतीक परिवर्तन वा टुक्राउन नपाउने गरि रोक लगाइएको थियो । तर उक्त ५ देखि ७ वर्षभित्र पूरा गर्ने भनिएको योजना ६ वर्षसम्म पनि सुरु सकेको छैन ।
स्मार्ट सिटी अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका ४, ५, ६, ७, ८ र ९ वडा, शंखरापुर नगरपालिका ५, ६, ७ र ९ का क्षेत्र, भक्तपुर नगरपालिका २, ६ र १० वडा, मध्यपुर थिमी नगरपालिका २, ६, ७, ८ र ९ वडा, चाँगुनारायण नगरपालिका १, २, ३, ४, ५ को पूरै भाग र ६, ७, ८ को केही भाग गरी ५२.७ वर्ग किमि जग्गा रोक्का गरिएको छ ।
यसमा नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङ, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटो, साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुबारी, घट्टेखोला हुँदै तेलकोट, भक्तपुर जाने पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान) खरिपाटी, देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण आयोजनाबाहेकका क्षेत्र) समेटिएको छ ।
त्यस्तै, सूर्यविनायक नगरपालिकाको १, ४, ५, ६ र ७ नम्बर वडाका भागहरूको १८ हजार १ सय ४ रोपनी क्षेत्रफलमा नयाँ नगर बनाउने लक्ष्य लिएकाे छ । यो आयोजनाको पूर्वी सिमाना सिर्जनानगर चोकदेखि अरनिको राजमार्ग, घ्याम्पे डाँडा सडक, सूर्यविनायक जंगलको फेदी हुँदै गुन्डु बसपार्कसम्म, पश्चिममा बिरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक, गाम्चाचोक हर्षचोकदेखि हनुमन्ते पुल हुँदै मध्यपुर थिमि बिरुवा रोडसम्म, उत्तरमा हनुमन्ते पुल सिर्जना चोक र दक्षिणमा गुन्डु बसपार्कदेखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै बिरुवा बसपार्कसम्मको जग्गा समावेश छन् ।
विज्ञप्ति












प्रतिकृया दिनुहोस्