- १८ आश्विन २०८०, बिहीबार १६:४५
काठमाडौं- आफैंलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका धार्मिक गुरु श्रीनिवासाचार्यविरुद्ध सार्वजनिक शान्ति खलल पारेको कसूरमा मुद्दा दर्ता गरिने भएको छ।
बिहीबार श्रीनिवासाचार्यलाई जिल्ला अदालत, धनुषामा पेश गरिएकाे थियाे। प्रहरीले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएकाे छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले उनीविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दामा एक वर्ष कैद र दश हजार जरिवान हुनसक्ने उल्लेख छ।
गुरु श्रीनिवासाचार्य सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट यही असाेज १६ गते पक्राउ परेका थिए।
विवादास्पद अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिइएकाे हाे।
श्रीनिवासाचार्यले केही वर्ष अघि विराटनगरको जतुवास्थित एक मन्दिरमा आफैंलाई गोली प्रहार गर्न लगाएका थिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्