- १६ आश्विन २०८०, मंगलवार १९:३७
भूकम्पमा परी बझाङमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्सपेटर दिपेश चौधरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भूकम्प गएपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थानीयले जानकारी दिएको छ।
एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको दिएको छ। अहिले साना तथा ठूला सवारीका साधन बन्द भएका छन्। जिल्ला भरिएको विवरण आउन अझै बाँकी छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्