- २ आश्विन २०८०, मंगलवार २०:१०
असाेज ०२, काठमाडौं । वाग्मती प्रदेश सरकारले ५७ ओैँ अन्तर्राष्ट्रिय साक्षरता दिवसकाे अवसरमा आयोजना गरेकाे निबन्ध प्रतियाेगीतामा प्राज्ञिक विद्यार्थी परिषद्का कार्यकर्ता एवम् मंगल मा.विका विद्यार्थी मदन तामाङ तेस्रो भएका छन् ।

वाग्मती प्रदेश सरकारले अन्तर्राष्ट्रिय साक्षरता दिवसकाे अवसरमा “दिगाे र शान्तिपूर्ण समाजकाे निमार्णका लागि साक्षरताकाे प्रवर्द्धन ” भन्ने मुल नाराका साथ आयोजना गरिएको माध्यमिक तहस्तरीय निबन्ध प्रतियाेगितामा कीर्तिपुरस्थित मंगल माविकाे कक्षा १२ मा पढने एवम् विद्यार्थी परिषद्का कार्यकर्ता मदन तामाङ १९२ विद्यालयका हजारौं व्यक्तिहरू विच उत्कृष्ट निबन्ध लेखेर तृतीय हुन सफल भएका हुन ।

मंगलबार हेटौंडामा आयोजना गरिएको राष्ट्रिय शिक्षा दिवस २०८० काे कार्यक्रममा उक्त प्रतियाेगीतामा सहभागी भई प्रथम हुन सफल नुवाकोटकि सुमना बुढाथोकी र द्वितीय हुन सफल सिन्धुलीकि पवित्रा सापकोटा र तृतीय हुने सफल कीर्तिपुरस्थित मंगल मा.विका मदन तामाङलाई नगद पुरस्कार सहित प्रमाण पत्र वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले प्रमाण प्रदान गरेका थिए ।











प्रतिकृया दिनुहोस्