- २५ भाद्र २०८०, सोमबार १९:४५
भदौ, २२ काठमाडौ । काठमाडौको टेकु स्थित क्यापिटल हिल (Capitol Hill) कलेजले विद्यार्थीहरूलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। कलेजले गत भदौ १९ गते राष्ट्रिय नाचघरमा एक भब्य कार्यक्रमका बिच कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ र बिबिएस चौथो बर्ष पास भएर गएका विद्यार्थीहरूलाई अभिनन्दन गरेको हो।

स्वागत तथा अभिनन्दन कार्यक्रम कलेजका प्रिन्सिपल तोयानाथ अधिकारीको सभापतित्व गर्नुभयो। त्यस्तै नाबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञावाली प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा संस्थापक सदस्य डाक्टर डासुराम पौडेल, इन्स्पेक्टर हरि ओलि (पुर्व विद्यार्थी), सुवास खतिवडा, डा. प्रवल प्रधान, इन्जिनियर सन्जिमा बज्राचार्य, लगाएत स्कुल तथा कलेज शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रममा कलेजको तर्फ बाट भाइस प्रिन्सिपल सागर राज खनालले स्वागत मन्तव्य दिनुभयो। कार्यक्रममा प्रमुख अतिथि तथा नविल बैंकका डेपुटी सिइओ मनोज ज्ञावालिले विद्यार्थीहरूलाई प्रेरक भनाइरहरु राख्दै हौसला प्रदान गर्नुभयो। उहाँले विद्यार्थीहरूले कठिन परिश्रम गर्दै जिम्मेवारी पूर्वक पठनपाठनमा भाग लिए आगामी भविष्य सुन्दर हुने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रमा अब्वल भुमिका निर्वाह गरेका ब्यतित्व तथा पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको थियो। कार्यक्रममा कक्षा १२ मा कलेज टप गरेका विद्यार्थीलाई नगद पुरस्कार सहीत सम्मान गरिएको थियो। त्यस्तै न्याथम इन्ट्रान्स टपर मानवी सिंह ऐरलाई सम्मान गरिएको थियो।

कार्यक्रममा कलेजले कक्षा १२ अध्ययन गरि पास भएका विद्यार्थीहरूलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै BBS चौथो बर्ष पास भएका विद्यार्थीहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो। उक्त कार्यक्रममा कलेजले विभिन्न बिधाका खेलकुदमा उत्कृष्ट हुने विद्यार्थी खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सभापती तथा प्रिन्सिपल तोयानाथ अधिकारीले नयाँ आउने विद्यार्थीहरुलाइ स्वागत गर्दै पास भएर जाने विद्यार्थीहरुलाइ आगामी भविष्यको शुभकामना सहित सार्गर्भित मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नुभयो । स्वागत कार्यक्रमका अवसरमा विद्यार्थीहरुले विभिन्न संस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए। कलेजले विभिन्न पुर्व विद्यार्थीहरुलाइ सम्मान गरेको थियो।










प्रतिकृया दिनुहोस्