- १८ मंसिर २०७८, शनिबार १९:४१
कृष्ण हुमागाई
काठमाडौँ । राष्ट्रिय युवा परिषद् र रिटर्नी माइग्रेन्ट नेपालले अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर गुहेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ ।
शनिबार विहान युवा परिषद् र रिटर्नी माइगेन्टको आयोजनामा भएको सरसफाई कार्यक्रममा गुहेश्वरी मन्दिरको भित्रि परिसर बाहिरी परिसर, मृगस्थली जानेबाटो हुँदै गोरखनाथ मन्दिर सम्म सरसफाई गरेको थियो ।
वाला चतुर्दशीको मेलामा धेरै फोहोर हुने र यस समयमा सरसफाई गर्न अति आवश्यक हुने भएकोले युवा परिषद्, रिटर्नी माइगे्रन्ट र इनोभेन्ट हस्पिटालिटीको सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरिएको आयोजक युवा परिषद्ले जनाएको छ ।
कार्यक्रममा राष्ट्रि युवा परिषद्का प्रमुख प्रशासकिय अधिकृत डा. बाबुराम ढुङगानाले अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर परिषद्ले साता व्यापी कार्यक्रम आयोजना गर्ने क्रममा आज आवश्यकता भएको ठाउँ छनौट गरी सरसफाई कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो ।
सरसफाई कार्यक्रममा रिटर्नी माइग्रेन्टका अध्यक्ष उत्तम अधिकारी। महासचिव लक्ष्मि प्रसाद आचार्य, लगायत अन्य पदाधिकारी, युवा परिषद्का टिम, संचारकर्मी लगायत गुहेश्वरी मन्दिर व्यवस्थापनका सदस्यहरुगरी ८० जना भन्दा बढी व्यत्तिहरुको उपस्थिति रहेको थियो ।












प्रतिकृया दिनुहोस्