- २४ श्रावण २०८०, बुधबार २१:४९
साउन २४, काठमाडौं । काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ।
बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
उनका अनुसार त्यहाँ दुई पक्षबीच झगडा भएको थियो।
त्यसैबीच एक जनाले कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेको एसपी ढुंगेलले बताए।
शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए।
शाहको टाउको र खुट्टामा चोट लागेको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले यस प्रकरणमा संलग्न रहेको भन्दै कैलाली धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्