- २२ श्रावण २०८०, सोमबार १५:५५
साउन २२, काठमाडौं । झट्ट सुन्दा पाेत्यार नलाग्न लाग्छ सक्छ तर यर्थातमा भने त्यही नै हाे ।
काठमाडौंकाे क्षेत्र पाटिमा रहेकाे छात्राहरूलाई मात्र पढाई हुने सामुदायिक विद्यालय कन्या मन्दिर मा.विमा २० हजारमा साइन्स विषय पढाई हुदै आएकाे छ ।
क्षेत्र पाटिमा अवस्थित कन्या मन्दिर माध्यमिक विद्यालयले कक्षा ११ मा विज्ञान विषय लिएर पढन चाहाने विद्यार्थीहरूलाई विशेष छुट सुविधा र सम्पूर्ण चार्ज सहीत २० हजारमा विज्ञान विषय अध्यापन गराइरहेको त्यस विद्यालयका प्राचार्य घनश्याम न्याैपानेले जानकारी दिनु भएको छ । त्यसमा विद्यार्थीलाई किताब, ल्याब, फिल्ड भिजिट र अन्य आवश्यक सम्पूर्ण सामग्रीहरू नि:शुल्क उपलब्ध हुने उहाँले बताउनु भएको छ ।
काठमाडौंकाे अत्यन्तै व्यस्त र मध्य भागमा रहेकाे उक्त विद्यालय अत्यन्तै पुरानो विद्यालय भूकम्पबाट क्षतिग्रस्त भई UNDP काे सहयोगमा पुनः निर्माण गरि नयाँ सुविधा सम्पन्नयुक्त भवन सँगै खुल्ला वातावरणमा अवस्थिति छ ।

गत बर्ष शैक्षिक गुणस्तर मापन केन्द्रले उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गरेकाे भनी रू ५ लाख धनराशिले सम्मानित भएको विद्यालय कन्या मन्दिरमा सुविधायुक्त शैक्षिक वातावरण, कम्प्युटर ल्याब, साइन्स ल्याब मनाेरन्जनात्मक सुन्दर र शान्त वातावरण सहीत उत्कृष्ट र त्रिविबाट गाेल्ड मेडालिष्ट प्राप्त गरेका शिक्षकहरूले अध्ययन अध्यापन हुदैं आएको छ । उक्त विद्यालय छात्राहरूका लागि जिल्लाकै नमुना सामुदायिक विद्यालयकाे रूपमा पनि परिचित छ ।
साथै विद्यालय प्रशासनले विद्यालय प्राङगण भित्रै एक जना नर्स सहीत प्रथमिक उपचार केन्द्र पनि सञ्चालन गरेकाे छ भने सुविधा युक्त पुस्तकालय पनि रहेको छ ।

उक्त विद्यालयमा कक्षा ११ मा विज्ञान संकायसँगै व्यवस्थापन संकाय, कानुन संकाय, शिक्षा शास्त्र संकाय, मानविकी संकायका विषयहरूकाे पढाइ हुने गरेकाे छ । हरेक बर्ष एसईई र कक्षा १२ काे नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालयकाे रूपमा परिचय स्थापित गरिरहेकाे कन्या मन्दिर मा. वि. का प्राचार्य घनश्याम न्याैपानेले जानकारी दिनु भएको छ ।










प्रतिकृया दिनुहोस्