- १५ श्रावण २०८०, सोमबार १३:५२
काठमाडौं, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयमा साउन १५ बाट बृहत् सदस्यता वितरण अभियान चलाएको छ । प्राज्ञिकले साेमवार कीर्तिपुरस्थित केन्द्रीय विश्वविद्यालयमा सदस्यता वितरण आरम्भ गरेको हो ।
शिक्षा क्षेत्रलाई दलगत राजनीतिबाट स्वतन्त्र राख्न, शैक्षिक गुणस्तर वृद्धि गर्न र विश्वविद्यालयलाई उत्कृष्ट बनाउन विद्यार्थी परिषद्को सदस्य बन्न आव्हान गरिएको छ । प्राज्ञिकले राष्ट्र प्रथमको आदर्शलाई केन्द्रमा राखेर देशव्यापी सदस्यता वितरण चलाएको छ ।
प्राज्ञिकको सदस्य बन्न विद्यार्थीहरूले रू १० र शिक्षकहरूले रू १०० शुल्क तिर्नु पर्ने हुन्छ ।

प्राज्ञिक विद्यार्थी परिषद्का सगरमाथा र जानर्की प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईं, राष्ट्रिय सचिव जानकी आचार्य, त्रिवि संयाेजक अर्जुन बगाले, प्रदेश सचिव निरन्जन पाठक, केन्द्रीय सचिवालय प्रमुख दीनेश कार्की लगायत विश्वविद्यालय सदस्यहरूकाे उपस्थितिमामा सदस्यता वितरण सञ्चालन गरिएको थियाे

यसैगरी, प्राज्ञिकले देशभर व्यक्तित्व विकास तालिम चलाइरहेको छ । देशका नगर इकाई, क्याम्पस इकाईहरुमा तालिम चलिरहेको छ ।
प्राज्ञिकले १५ जिल्लाका २५ सय विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण पनि गर्दै आएको छ ।











प्रतिकृया दिनुहोस्