- ५ श्रावण २०८०, शुक्रबार १८:३४
साउन ५, पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय परिषद् पाेखरामा प्रारम्भ भएको छ ।
विद्यार्थी परिषद्काे आगामी कार्ययाेजना, रणनीति तथा कार्यक्रमहरूकाे विशेष आयोजना तयार गर्ने उदेश्यका साथ पाेखरामा साउन ५ र ६ गते विद्यार्थी परिषद्ले राष्ट्रिय परिषद् सञ्चालन गरेकाे हाे ।
शुक्रबारबाट मानव मिलन परिवार जैन स्थानक भवनमा ओैपचारिक रूपमा उद्घाटन गरी भएको राष्ट्रिय परिषदमा देशभरबाट राष्ट्रिय परिषद्का सदस्यहरू एवं परिषद्का राष्ट्रिय पदाधिकारीहरूकाे विशेष उपस्थिति रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।

साथै उक्त राष्ट्रिय परिषदमा गत वर्ष फागुन ६ र ७ गते ललितपुरमा सम्पन्न शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा विषयक राष्ट्रिय शिक्षा कार्यशालाबाट आएका निष्कर्ष र सुझावहरू समेटी तयार गरिएको पुस्तककाे निष्कर्ष एवम् सुझावकाे पनि विमाेचन गरिएको छ ।
परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, राष्ट्रिय उपाध्यक्ष डा. दयाराम भुसाल, राष्ट्रिय महासचिव श्री विष्णु प्रसाद पंगेनी, राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकाल र राष्ट्रिय सचिव सुश्री जानकी आचार्यज्यूले उक्त पुस्तककाे विमाेचन गर्नु भएको थियोे ।

परिषद्ले साउन ५ र ६ गते सञ्चालन गर्ने राष्ट्रिय परिषदमा
एक दिवसीय अभ्यास वर्ग, सदस्यता अभियान, जिल्ला आवसीय अभ्यास वर्ग, राष्ट्रिय छात्र सम्मेलन, जनजाति विद्यार्थी सम्मेला, कार्यालय काेष वार्षिक आय व्याय विवरण एवम् लेखापरीक्षण, राष्ट्र व्यापी शैक्षिक अभियान, शिक्षा कार्यशाला, शिक्षक संवाद, आयाम गतिविधिहरू, केन्द्रीय कार्यकारिणी समिति बैठक, सेवा कार्य द्वैमासिक छात्र विचार पत्रिका र मिडिया कार्य, केन्द्रीय प्रवास याेजना जस्ता विषयहरूमा बृहत छलफल सहीत याेजना तय गर्ने परिषद्ले जनाएको छ ।










प्रतिकृया दिनुहोस्