- १७ असार २०८०, आईतवार २२:२४
असार १७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपाल कमर्स क्याम्पसमा दुई दिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन गरेको छ ।
आइतबार नेपाल कमर्श क्याम्पस विविए कार्यक्रमकाे संयाेजनमा दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकास प्रशिक्षण प्रारम्भ गरेको हाे । BBA faculty लाई लक्षित गरेर उक्त तालिम सञ्चालन गरेकाे आयोजकले जनाएको छ ।

परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालको विशेष उपस्थितिमा प्रशिक्षण प्रारम्भ भएको थियो । कार्यक्रममा परिषदका राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, केन्द्रीय सचिवालय प्रमुख एवम् त्रि.वि स्ववियु सहायक सचिव दिनेश कार्की, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईंकाे पनि सहभागी रहेको थियाे ।

दुई दिन दुई दिनसम्म सञ्चालन हुने तालिममा व्यक्तित्व विकास, आत्म जागरण, अनुभुती, राष्ट्रियता, सामाजिक कार्य र जिम्मेवारीकाे बाेध, प्रभावकारी सञ्चार जस्ता विषयहरूमा मुख्य प्रशिक्षण प्रदान गरिरहेकाे कार्यक्रम संयाेजकले जानकारी दिएका छन् ।











प्रतिकृया दिनुहोस्