- ११ चैत्र २०७९, शनिबार १९:४७
चैत्र ११, काठमाडौं । “आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि” धनगढीमा हुन गइरहेकाे प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे ९ ओैँ राष्ट्रिय अधिवेशनकाे मिति घाेषणा भएसँगै देशका सम्पूर्ण क्याम्पस एकाई, नगर एकाई र जिल्ला एकाईका कार्यकर्ताहरू यतिवेला अधिवेशन तयारीका लागि जुटेका छन् ।
गत मंसिर २२, २३ र २४ गते भक्तपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले विद्यार्थी परिषद्काे ९ ओैँ राष्ट्रिय अधिवेशन सुदुरपश्चिम जिल्लाकाे धनगढीमा यही चैत्र १८, १९ र २० गते गर्ने निर्णय गरेसँगै परिषद्का कार्यकर्ताहरू अधिवेशन तयारीमा जुटि रहेका छन् ।
परिषद्ले अधिवेशनका लागि अधिवेशन लाेगाे, प्रचार प्रसार सामाग्री, अर्थ संकलन रसिद, अधिवेशनकाे मुल नारा सबै तयार गरि देशभरका इकाईहरूमा सम्प्रेषण गरिसकेको र अधिवेशनका लागि प्रतिनिधि छनाैट गर्ने कार्य पनि अन्तिम चरणमा पुगिसकेको परिषद्ले जनाएको छ ।
१२ यस प्रतिनिधिकाे उपस्थितिमा सम्पन्न हुन गईरहेकाे ९ ओैं राष्ट्रिय अधिवेशनका लागि धनगढीका कार्यकर्ताहरू पनि अलग अलग कार्यहरूकाे विभाजन गरी वर्तमान तथा पूर्व कार्यकर्ताहरूकाे उपस्थितिमा धमाधम अधिवेशन तयारी र व्यवस्थापन समिति निर्माण गरेर अधिवेशनकाे प्रचार प्रसार, अर्थ संकलन, भाेजन पानीको व्यवस्थापन, आवासकाे व्यवस्थापन, यातायातकाे व्यवस्थापन गर्नका लागि दुर्त गतिमा जुटिरहेको परिषद्का सुदुरपश्चिम प्रदेश संगठन सचिव चन्द्रशेखर जाेसीज्युले जानकारी दिनु भएको छ । देशभरबाट अधिवेशनमा आउनुहुने अधिवेशन प्रतिनिधि र अतिथिहरूलाई स्वगत गर्नका लागि धनगढीका मुख्य मुख्य चाेकहरूमा स्वागत व्यान एवम् ताेरणहरू टङ्ग्याउने कार्य भइरहेको र प्रचार प्रसारका लागि सम्पूर्ण कार्यकर्ताहरू एकजुट भएर अधिवेशनकाे तयारी गरिरहेकाे उहाँले बताउनु भयाे ।











प्रतिकृया दिनुहोस्