- ७ कार्तिक २०७८, आईतवार १३:२४
५ कार्तिक,बाँके । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशको त्रिदिवसीय प्रदेश भभ्यास वर्ग सम्पन्न कायक्रम सम्पन्न भएको छ ।
विद्यार्थी परिषदले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नंंं। ९ स्थित साइनिङ स्टार सेकेन्डरी बोर्डिङ्ग स्कुलमा सञ्चालन गरेको त्रिदिवसीय आवासीय अभ्यास वर्गको उद्घाटन समारोहमा बाँके कोहलपुर नगर पालीकाका मेयर लुटबहादुर रावतज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।

यस वर्गमा कर्णाली प्रदेश भरबाट सहभागी भएका छात्रा, छात्रहरुलाई राष्ट्रप्रेमी, चरित्रवन,नितिवन,बौद्धिकताको बिकास, अनुशासन, नेतृत्व विकास लगाएत क्षमताको विकास गराउने उद्देशयले यो वर्ग सञ्चालन गरिएको प्राज्ञिक विद्यार्थी परिषदका महासचिव छितराज न्यौपनेले बताउनु भयो ।
सोही कार्याक्रममा बौल्दै उनले भने “राष्ट्रलाई परमवैभव सम्म पुरयाउन र राष्ट्रको सर्वाङ्गीण विकासको लागि व्यक्तिलाई असल, इमान्दर, नितिवन, चरित्रवन बनाउन आवशयक छ । त्यसै उद्देशयलाई लिएर प्राज्ञिक विद्यार्थी परिषदले कक्षा ११ देखी माथि पढ्ने विद्यार्थी त्यसै तहमा पढाउने शिक्षक र शिक्षाविदको समुह बनाएर राष्ट्रको आवश्यकता अनुसारको व्यक्ति बनाउने विद्यार्थी परिषदले काम गर्ने कुरा उल्लेख गर्नु भयो ” ।

साथ साथै विद्यार्थी परिषदको बारेमा चर्चा गर्दै नेपाल आमा हाम्री आमा हुन, नेपाल आमाको सेवा गर्ने भाव जागृत गराउने समेत विद्यार्थी परिषदको उद्देश्य रहेको महासचिव न्यौपनेले बताए ।
उक्त वर्गमा बाँके, बर्दिया, दाङ, सुर्खेत गरि चार क्षेत्रबाट विद्यार्थीहरु सहभागि भएका छन ।
गत बिहिबार देखी सञ्चालित कार्णली प्रदेश अभ्यास वर्गमा प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेश अध्यक्ष श्री यामलाल भाट, प्रमुख अतिथि कोहलपुर नगरपालिका नगर प्रमुख श्री लुट बहादुर रावत, परिषदका राष्ट्रिय महासचिव श्री छिटराज न्यौपने, परिषदका राष्ट्रिय संगठन सचिव, श्री नारायण प्रसाद ढकाल,परिषदका राष्ट्रिय सचिव श्री दिनेश कार्की, परिषदकी कर्णाली प्रदेश सचिव श्री जानकी आचार्य र साइनिङ स्टार स्कुलका प्रधानाध्यपक ओबेन्द बहादुर खत्रीको महत्वपूणै उपस्थिति रहेको थियो ।











प्रतिकृया दिनुहोस्