- ४ फाल्गुन २०७९, बिहीबार १४:२४
फागुन ४, ललितपुर । विगत लामाे समयदेखि निजी शैक्षिक संस्थाकाे माध्यमबाट संस्कार सहितकाे उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्नमा डिएभि स्कुल निरन्तर रूपमा अब्बल ठहरिएको छ।
नेपालकाे नीजि विद्यालयहरूमा उत्कृष्ट सबै भन्दा धेरै विद्यार्थीहरूले रूचाएकाे राम्रो विद्यालय मध्ये डिएभि स्कुल पनि एक हाे जसले हजारौं विद्यार्थीहरूलाई आधुनिक शिक्षा सहित संस्कार पनि सिकाई रहेकाे छ ।
नर्सरीदेखि मास्टर डिग्री सम्म अध्ययन अध्यापन गराउने डिएभि स्कुलले सबै किसिमकाे सुविधा सहित विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनमा कुनै पनि कमजोरी बाँकि राखेकाे छैन् ।
सामाजिक जिम्मेवारी पूरा गर्नमा पनि अग्रणी भूमिका खेलेकाे डिएभि संचालन अनिल केडियाज्युले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याइरहनु भएको छ ।
बुधबार डिएभि स्कुले अभिभावकहरूकाे उपस्थितिमा पारिवारिक उत्सव कार्यक्रम संचालन गर्याै र उक्त कार्यक्रममा
डिएभी स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूकाे सांस्कृतिक प्रतिभा तथा नित्य प्रस्तुति गरे ।
उक्त प्रस्तुतिमा नेपाली कला संस्कृति र अलग अलग भेषभूषा र पहिरन सहितकाे अलग अलग सांस्कृतिक नित्य प्रस्तुत गरेका थिए ।
उक्त पारिवारिक उत्सव कार्यक्रममा डिएभि स्कुलले आफ्ना विद्यार्थीका अभिभावकहरूलाई बाेलाएर उनिहरूकै छाेराछाेरिहरूले आफ्ना स्कुलमा पढाइ मात्र हाेइन अन्य क्रियाकलाप पनि गर्ने गरेकाे उदाहरण समेत प्रस्तु गरेकाे थियोे ।
स्कुलकाे पारिवारिक उत्सवमा प्रमुख अतिथिका रूपमा उपस्थिति हुनु भएका प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालज्युले डिएभि स्कुलले विद्यार्थीहरूलाई शिक्षा मात्र नभएर संस्कार पनि दिइरहेका र त्यसमा याे विद्यालय उत्कृष्ट रहेकाे बताउनु भएको थियोे ।
साथै उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई राम्रो संस्कार दिनमा सधैंव सचेत हुनु पर्ने बताउनु भएको थियोे ।
उक्त कार्यक्रममा डिएभि स्कुलका संचालक अनिल केडियाज्युले विद्यार्थीहरूलाई शिक्षा सँगसँगै अतिरिक्त कार्य र हाम्रो सनातन संस्कृति पनि सिकाउनु आवश्यक रहेकाे बताउनु भएको थियोे ।










प्रतिकृया दिनुहोस्