- २३ आश्विन २०७८, शनिबार २१:२२
राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) काे आयाेजनामा दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नीजि विद्यालयहरूका प्रतिनिधिहरूकाे सहभागीतामा भएको कार्यक्रममा नेपालीहरूकाे महान चाड विजया दशमी , शुभ दीपावली तथा छठ पर्वकाे अवसर पारेर दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममामा निसान काठमाडौं जिल्लाका अध्यक्ष ओम प्रसाद ढकालले काेराेना महामारीको कारण लामाे समयदेखि बन्द रहेकाे स्कुल कलेजहरू भर्खरै भाैतीक रूपमा सुरू भएको र महामारीले गर्दा स्कुल कलेजहरू मारमा परेकाे यसबाट माथि उठेर व्यवस्थित रूपमा स्कुल कलेज संचालन गर्ने र स्कुलहरूकाे हक हितका लागि एक जुट भएर अगाडि बढनु पर्ने आवश्यकता भएको बताउदै दशै तिहारकाे शुभकामना प्रदान गर्नु भएको छ ।
साथै उपाध्यक्ष प्रेम राईले दशैंकाे टीका लगाउने मन्त्र बाचन गरेर शुभकामना प्रदान गर्नु भएको थियोे भने निसानका पुर्व अध्यक्ष रहिकृष्ण श्रेष्ठ ज्युले नीजि विद्यालयहरू काेराेनाले गर्दा मारमा परेकाे र यसबाट उकास्न सबै एक जुट भएर राज्य सँग सहयोग लिने र स्कुल कलेज अब पुर्ण रूपमा संचालन गरि अब निरन्तर रूपमा पढन पाठकलाई अगाडि बढाउने कुरा बताउनु भएको थियोे । साथै उहाँले अब धेरै नयाँ स्कुल तथा कलेजहरू खाेलिनु हुँदै र यसका लागि नियम कानुन आवश्यक रहेकाे औल्याउदै विजया दशमीकाे शुभकामना प्रदान गर्नु भएको छ।
शुभकामना दिने क्रमममा प्रतिनिधि सभाका सांसद कृष्ण बहादुर राईले नेपालीहरूकाे महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वकाे अवसरमा सम्पुर्ण नेपालीहरू तथा कार्यक्रममा उपस्थिति स्कुल तथा कलेजका प्राचार्यहरूलाई शुभकामना प्रदान गर्नु भएको छ त्यसैगरी कार्यक्रममा नव निर्वाचित गाेणर्णेश्वर नगर प्यापसनका पदाधिकारी र कागेश्वरी नगर प्यापसनका पदाधिकारीहरूलाई बधाई एवम् सम्मान पनि गरिएको गिय शुभकामना आदान प्रदान कार्यक्रममा प्यापसनका अध्यक्ष ओम प्रसाद ढकाल, उपाध्यक्ष प्रेम राई , पुर्व अध्यक्ष हरीकृष्ण श्रेष्ठ , प्रतिनिधि सभाका सांसद कृष्ण बहादुर राई लगायत गाेकर्णेश्वर नगर भित्रका स्कुल कलेजका प्रचार्य तथा प्यापसनका प्रतिनिधिहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेकाे थियोे ।










प्रतिकृया दिनुहोस्