- ८ मंसिर २०७९, बिहीबार १६:४७
मंसिर ८, काठमाडौं । काठमाण्डौँ महानगरपालिकाका मेयर वालेन शाहाले नवनिर्वाचित काठमाडौं महानगर भित्रका सबै संसदहरूलाई बधाई दिदै सहकार्य गरेर काम गर्न आतुर भएको बताएको छन् । उनले भनेका छन् ” काठमाडौं देशकै राजधानी हो । देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाण्डौँ महानगर जोडिनु पर्ने अवस्था हुन्छ । काठमाण्डौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्ने भएकोले काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुने र तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर रहेकाे कुरा आफ्नाे सामाजिक संजाल मार्फत बताएका छन् । काठमाडौंमा तीन पार्टिका यी अनुहारहरू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 










प्रतिकृया दिनुहोस्