- ६ मंसिर २०७९, मंगलवार १७:५२
सिमराः बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्र स्थानमा देखिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी भन्दा दुई हजार तीन सय २४ मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् । यस क्षेत्रमा १७ हजार ६ सय ६५ मत गणना हुँदा मैनालीले आठ हजार नौ सय ३१ र चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । मैनालीले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए । मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन् । चौधरी नेपाल सरकारका खानेपानी मन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् । मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन् । चौधरी नेपाल सरकारका खानेपानी मन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् । उक्त निर्वाचनमा कांग्रेसका चौधरीले विजयी भएका थिए ।










प्रतिकृया दिनुहोस्