- ५ मंसिर २०७९, सोमबार २२:३०
मनाङ । मनाङ–१ मा नेपाली कांग्रेसका टेकबहादुर गुरूङ विजयी भएका छन्। नेकपा एमालेका पाल्देन छोपाङ गुरूङलाई पछि पार्दै टेकबहादुरले जीत हासिल गरेका हुन्। टेकबहादुरले दुई हजार ५७५ मत ल्याउँदा पाल्देनले दुई हजार २४७ मत प्राप्त गरेका थिए।
योसँगै हालसम्म नेपाली कांग्रेसले दुई ठाउँमा विजय हासिल गरेको छ भने नेकपा एमालेले एक ठाउँमा विजय हासिल गरेको छ।
नेपाली कांग्रेसका योगेश गौचन थकालीले मुस्ताङ–१ मा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै विजय प्राप्त गरिसकेका छन् भने तलितपुर–२ मा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यलाई पराजित गर्दै नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्