- १४ आश्विन २०७८, बिहीबार १६:२५
काठमाडौ
नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंक’मा पहिलो पटक एक जना महिलाले राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् ।
सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् । दसैंको मु’खमा चुनौ’तीको सा’मना गर्न निलम अघि सरेकी छन् । उनले अब गर्भनरका हैसियतले गर्ने प्राय सबै अधिकार प्रयोग गर्न पाउने छन् ।
गभर्नर महाप्रसाद अधिकारी सं’क्रमित भएका कारण उनले यो अवसर पाएकी हुन् । यद्धपी गर्भनर मुलुकमै रहँदा सम्म जुनसुकै अवस्थामा पनि कायममुकायम दिने प्रचलन थिएन । निलमलाई भने गर्भनर नेपालमै भएको अवस्थामा पनि यो अवसर दिएको छ ।
असोज ५ गतेको परीक्षणमा पो’जिटिभ देखिएपछि अधिकारी आराम गरेर बसेका छन् । अर्थ मन्त्रालयको पत्रमा अधिकारी निको भएर कार्यालय नआएसम्मको लागि तिम्सिनालाई कायममुकायम दिइएको उल्लेख छ । बैंकमा अहिलेसम्म कुनै पनि गभर्नर मुलुकभित्र रहँदा डेपुटीलाई कायममुकायम दिएको इतिहास छैन ।
तर यसपटक अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो । प्रायः गभर्नरले मुलुक बाहिर गएको अवस्थामा मात्र कायममुकायम दिने गर्थे ।यसअघि तत्कालीन गभर्नर युवराज खतिवडाले आफ्नी आमाको नि’धनपछि १३ दिनसम्म
झापामा धार्मिक परम्परा बमोजिम किरिया बस्दा पनि अधिकार दिएका थिएनन् ।नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ ।
जसमा गभर्नरले बैंकको काम सुचारु रुपले सञ्चालन गर्न ऐ’नबमोजिम प्राप्त गरेको अख्ति’यारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछ भनेर लेखिएको छ ।










प्रतिकृया दिनुहोस्