- २९ कार्तिक २०७९, मंगलवार २३:३५
कार्तिक २९, काठमाडौं । नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले भोलि बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा शक्ति प्रदर्शन गर्ने भएको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा दोश्रो धेरै मतदाता रहेको वडा नं १० मा भोलि बिहान ७ बजे देखि नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापा सहितको घरदैलो हुने नेकपा एमाले वडा नं १० कमिटीले जानकारी दिएको छ।
८ हजार ३ सय मतदाता रहेको वडा नं १० मा संघीय र प्रदेस सभा सदस्यका उम्मेदवार सहित हुने सो घरदैलो कार्यक्रममा उपस्थित हुन् आग्रह गर्दै वडा नं १० कमिटीले तीव्र तयारीका लागि सम्बन्धित जनसंगठन र मातहतका कमिटीहरुलाई निर्देशन समेत दिएको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९,७८२ रहेका छन। निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाको कुल मतदाता ६९ हजार ७ सय ८२ रहेको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी १५०४६ मत काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको छ भने सबै भन्दा कम २१९५ मत बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको छ ।










प्रतिकृया दिनुहोस्