- २० कार्तिक २०७९, आईतवार २३:५६
कार्तिक २०, काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं. ७ वडा कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र प्रदेश सभा ४(१) का उम्मेद्वार तेजप्रसाद ढकालसँग स्थानीयवासीले समेत उत्साहजनक सहभागीता जनाएका छन् ।
विहान ८ बजे गणेस्थानबाट सुरु गरिएको घरदैलो कार्यक्रम लामपोखरी, सिफलचौर, रातोपुल, गौशला सडक खण्ड, धाेवीखोला किनार, शहिद धर्मभक्त शालिक, गुरुङ टोल, पन्नाहिटी, कुटुबहाल, बुलबुले, पशुपति क्याम्पस र चावहिल बहाई आई टुङ्गिएको थियो ।
घरदैलोमा डा. राजन भट्टराईलाई काठमाडौं ७ का मतदाताहरुले पटक–पटक निर्वाचित सांसदले धोका दिएकाले र गगन थापाले एमसिसिकाे पक्षमा ओकालत गरेकाे भन्दै यसपटक नयाँ उम्मेद्वारलाई मतदान गर्ने भन्दै डा. राजन भट्टराई प्रदेश “क” मा तेज ढकालकाे पक्षमा मतदाताहरू खुलेकाे शिक्षा संचारका संवाददाताले जानकारी दिए । साथै काठमाडौं महानगर वडा न ७ मा डा.राजन भट्टराई र तेज ढकालकाे साथमा स्थानीयहरूले उत्साहजनक रूपमा साथ दिइरहेकाे पाइएको छ ।










प्रतिकृया दिनुहोस्