- २ कार्तिक २०७९, बुधबार २२:२९
कार्तिक २, काठमाडौं । कास आकाशमा चम्किरहेका तारालाई टोलाउँदै उनीहरूसँग कुरा गर्न पाएको भए ? यस्तो सोच तपाईँ हामी धेरैलाई आएको हुनसक्छ । यदि तपाईँको सपना पनि यस्तै केही हो भने छिट्टै नै पूरा हुनसक्छ । त्यसका लागि स्पेस एडभर्टाइजिङ (आकाशीय विज्ञापन) को अध्ययन हुँदै छ । स्कोल्कोभो इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, मस्काे इन्स्टिच्युट अफ फिजिक्स एण्ड टेक्नोलोजी र स्पेस सेन्टरका खोजकर्ताले स्पेस एड्भर्टाइजिङको सम्भाव्यताबारे अध्ययन गरिरहेका छन् । यो एउटा अवास्तविक विचार जस्तो देखिए पनि स्पेस एड्भर्टाइजिङले व्यावसायिक प्रयोजनका लागि प्रचुर सम्भावना बोकेको उनीहरूको निष्कर्ष छ ।
स्पेस एडभर्टाइजिङको विचार एउटा त्यस्तो विचार हो, जहाँ विज्ञापन सामग्री कम्प्लेक्स स्याटलाइट नेटवर्कको वरपर घुम्छ । जसले पिक्सेल तस्वीरलाई परावर्तित गरी तस्वीरका रूपमा प्रस्तुत गर्छ । र त्यसलाई जमिनबाट हेर्न सकिन्छ । पृथ्वीबाट उक्त विज्ञापन लाखौँ चम्किला ताराहरूको संयोजन जस्तो देखिने छ ।
यसमा विशेषगरी विज्ञापनदाताले आफ्नो उत्पादनको विज्ञापन कसरी गर्छन् भन्ने कुरा पनि जोडिन्छ । जस्तै केहीले लोगो मात्र देखाउन खोजिरहेका हुन्छन् भने केहीले पूरै उत्पादनको तस्वीर ।
प्रविधि क्षेत्रका थुप्रै स्टार्टअपहरू यो परियोजनाका लागि इच्छुक छन् । किनभने यसका लागि थुप्रै पूर्वाधारको आवश्यकता पर्छ ।
अन्तरिक्षमा बनाउनुपर्ने यस्ता पूर्वाधारको खर्च पनि धेरै हुन्छ ।
शामिल बिक्टिमिरोवले गरेको अध्ययनमा आधारित विस्तृत विश्लेषणमा यसको सम्भाव्यता धेरै रहेको बताइएको छ । उक्त विश्लेषणमा इन्धन लागत, उपभोक्ताको सङ्ख्या, विद्यमान विज्ञापन लागतजस्ता विषय समेटिएको छ ।
त्यही विषयको आधारमा यो परियोजनाका लागि ६५ मिलियन डलर (करिब ८ अर्ब ६३ करोड रुपैयाँ) लाग्ने निष्कर्ष निकालिएको छ ।










प्रतिकृया दिनुहोस्