अर्कोतर्फ विद्यार्थीको भिसा लाग्यो भन्ने अनि सोसल मिडिया टिकटकमा विद्यार्थीहरुले दिइएको गिफ्ठ देखाउँदै अरु विद्यार्थीहरुलाई पनि हतोत्साहित हुने गरी अनावश्यक कुराहरु रटान गर्ने ।

माथी उल्लेख गरिएका कुराहरु केही शैक्षिक परामर्श संस्थाहरुले टिकटक मार्फत विद्यार्थी तथा अभिभावकलाई दिएको सन्देश वा आफ्नो संस्थाको विज्ञापन गर्ने तरिका हो । पछिल्लो समय केही शैक्षिक परामर्श संस्थाहरुलाई विद्यार्थीको दिमाख भुट्ने गतीलो माध्यम बनेको छ टिकटक । यति सम्म बोलिन्छ मानौं भिसा लगायत सबै जिम्मा विदेशी देशहरुले उनिहरुलाई नै दिएका छन् । त्यसको ठेक्का उनीहरुले नै लिएका छन् । अर्को तर्फ उनीहरुले परामर्श दिने परामर्श भन्दा पनि कुनै कुनै कुरा नबुजिकन नै विद्यार्थीहरुलाई हचुवाको भरमा जानकारी दिइरहेका छन् र उनीहरु बाहेक अरु कसैलाई त्यसबारे जानकारी नै छैन जास्तो गर्छन ।

फरक फरक शैक्षिक परामर्श संस्थाले एउटै विश्वविद्यालय र एउटै देशका बारेमा फरक फरक जानकारी दिइरहेका छन् । यस्ता खालका टिकटके शैक्षिक परामर्शले विद्यार्थी तथा अभिभावकलाई कसले भनेको सही कसले भनेको गलत छुट्याउन नसकेर अलमल त हुन्छन् नै सम्पर्कमा आइसके पछि फोन र म्यासेज गरेर हैरान पारिरहेका छन् ।

लकडाउन खुले पछि अष्ट्रेलियाले अध्ययनका लागि आवेदन दिने करीब सबै नेपाली विद्यार्थीहरुलाई धमाधम भिसा दियो र केही महिनामा त्यो प्रक्रियालाई बन्द गर्यो । अहिले अष्टे«लिया अध्ययनका लागि प्रक्रियामा र विद्यार्थीले पेश गर्ने कागजातमा निकै नै मसिनोसँग हेर्ने र कागजात पुरागर्न कठिन हुनेगरी कडाई गरेको छ ।

अष्ट्रेलियाले सहज तरीकामा भिसा दिन छाडेपछि विद्यार्थीहरु क्यानडा अध्ययनका लागि मोडिएका छन् । शैक्षिक परामर्श व्यवसायीहरुले पनि विद्यार्थीको चाहाना अनुसार र आफ्रनो व्यवसाय बढाउनका लागि आफुले गरिरहेको देशको काम छोडेर क्यानडाका शैक्षिक संस्थाहरुका बारेमा जानकारी दिँदै विद्यार्थी पठाउन थालेका छन् ।

शिक्षा मन्त्रालयको शैक्षिक प्रमाणिकरण शाखामा कर्मचारी भएपनि उनीहरुले खासै काम गरेको देखिदैन । एकातिर शिक्षामन्त्रालयको निगरानी नहुनु र मनपरी तरीकाले शैक्षिक परामर्श संस्था सञ्चालन गर्न पाउनुले अहिले शैक्षिक परामर्श संस्थाहरुमा विकृति निकै मौलाउँदै गएको अवस्था छ ।

केही महिना अगाडी अष्ट्रेलिया हाइकमिसनका प्रतिनिधि नेपालमा आएर शैक्षिक परामर्श संस्थाहरुलाई सचेत गराउँदै प्रक्रिया र प्रणालिबारे जानकारी नगराएको भने होइन । विद्यार्थीको नक्कली शैक्षिक प्रमाण पत्र, नक्कली कागजपत्र खडा गर्दै विद्यार्थीसँग चर्को ब्याज लिएर लोन समेत राखिदिने काम गरेपछि शैक्षिक परामर्श संस्थाहरु हाइकमिसनको शंकाको घेरामा पर्न थले । जसको असर नेपाली विद्यार्थी माथी पर्यो र कडा निगरानी गर्दे कागजपत्रमा समेत कडाइ गर्न थाल्यो ।

त्यसैको आधारमा केही शैक्षिक परामर्श संस्थाहरुले हाइकमिसनको लोगोको गलत प्रयोग गर्दै टिकटकमा भिडियो बनाएर विद्यार्थीलाई गलत जानकारी दिइरहे र विद्यार्थीले अहिले नै विदेश अध्ययनका लागि आवेदन दिइएन भने कहिलै प्रक्रिया गर्न पाईदैन जस्तो गरी भिडियो बनाएर हतोत्साहीत गर्ने काम गरियो । केही समयपछि हाइकमिसनको लोगोसहितको भिडियो फेरी डिलिट भयो ।

एउटा विद्यार्थीले अष्ट्रेलिया अध्ययनका लागि जान प्रक्रिया गरेर भिसाका लागि आवेदन दिएर भिसा पाएन भने करी दुई देखि दुईलाख पचासहजार सम्मको रकम माया मार्नुपर्ने हुन्छ र अन्य देशको अवस्था पनि उस्तै छ । गलत परामर्श दिने टिकटकमा भिडियो बनाएर हाल्ने र विद्यार्थीलाई हतोत्साहीत बनाएर आवेदन दिन लगाउने अनि विद्यार्थीले नै भिसा नलागेको खण्डमा त्यतीधेरै रकम गुमाउनु पर्ने अवस्थाले यसको जिम्मेवारी शैक्षिक परामर्श संस्थाले लिने की शिक्षा मन्त्रालयले ?

अष्ट्रेलियाको भिसामा गिरावट आएपछि विद्यार्थी क्यानडा मोडिएसँगै क्यानडाका लागि काम गर्ने केही शैक्षिक परामर्श संस्थाहरुले टिकटक मार्फत मनपरी जानकारी दिने गरेको छन् । उनिहरुले विद्यार्थीको भविष्य भन्दापनि विद्यार्थीको टाउको गनेर पैसामा कन्भर्ट गर्दै सकेसम्म धेरै विद्यार्थी जम्मा पार्ने र प्रकियामा लाने देखिन्छ ।

आइसीसीसी र गोरेटोको टिकटके परामर्श :

डिपेन्डेड खोज्ने हो भने हाम्रो अफिसमा आउनु होस बिहानदेखि बेलुकासम्म बस्नुहोस् अनि एउटा रोजेर लैजानुहोस । यो भनाई पुतलिसडक स्थित इन्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (आइसीसीसी)का सञ्चालक राम खड्काको हो । उनले विद्यार्थीलाई जानकारी दिने भन्दै टिकटक मार्फत डिपेन्डेडका बारेमा गलत जानकारी दिएका छन् जसले विद्यार्थीको ध्यान अध्ययनका लागि भन्दा पनि डिपेन्डेडमा क्यानडा कसरी छिर्ने र उतै बस्ने तर्फ मोडिन्छ । यो भनाइले शैक्षिक परामर्श संस्था विद्यार्थी बेच्न राखेको पसल हो उनीहरुले अरु देशका लागि विद्यार्थी बेच्न राखेका छन् भन्ने कुरालाई प्रमाणित गर्नुका साथै शैक्षिक परामर्शको अर्थलाई बदलेको छ ।

त्यसैगरी अध्ययनका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुपर्नेमा उनले क्यानडामा कसरी पिआर एप्लाई गर्ने र कसरी पिआर पाइन्छ भनेर जानकारी दिएका छन् जसले गर्दा विद्यार्थी ध्यान अध्ययनमा भन्दा पनि पिआर पाउने तर्फ केन्द्रीत गर्दै विद्यार्थी बटुल्न खोजेको देखिन्छ ।

यतिमात्रै होइन पिआर एप्लाईका लागि, डिपेन्डेडका लागि, अध्ययन गर्न जानका लागि र भिजिटभिसा लगायत सबै कामका लागि आइसीसीसीलाई सम्झन भनेका छन् । उनले एउटै ईनटेकमा दुईसय भन्दा बढीको डिपेन्डेड भिसा लगाउन सफल भएको समेत टिकटकको भिडियोमा उल्लेख गर्दै सबै भन्दा उत्कृट र धेरै विद्यार्थीको काम गरीरहेका छौ, अरु परामर्श भन्दा हामी राम्रो हाँै भन्ने प्रमाणित गर्न खोजेका छन् जुन कुराले विद्यार्थीलाई अध्ययन भन्दा डिपेन्डेडमा जान राम्रो रैछ जस्तो गलत सन्देश गएको छ ।

त्यसैगरी नयाँ बानेश्वर स्थित गोरेटो कन्सलटेन्सीले पनि विद्यार्थीलाई टिकटकबाटै गलत तरिकाबाट परामर्श दिइरहेको छ । सञ्चलक प्रकाश रेग्मीले टिकटकमा चुनावको माहोल रहेको कसलाई भोट हाल्ने सारै अन्योलमा रहेको र यो देशका नेता चुन्न नै धेरै दोधार परिरहेको बेला विद्यार्थीको आफ्नो करियरमा कति दोधार होला भन्दै स्वदेशमा भन्दा विदेशमा जान ठिक र त्यसका लागि आफ्नो शैक्षिक परामर्श संस्थामा आउन आग्रह गरेका छन् ।

भिसा लागेका विद्यार्थीहरुले ल्याइदिएको गिफ्ठलाई प्रदर्शन गर्दै विद्यार्थीलाइ नै बोल्न लगाउने र यो इन्टेका यति धेरैको भिसा लगाउन सफल भयौ भन्दै अरु नयाँ विद्यार्थीलाई बारम्बार म्यासेज र फोन गर्ने र दिक्क बनाउनुका साथै हतोत्साहित गराउने गरेको छ ।

क्यनडा स्टडी प्रमिट एप्लिकेशनमा धेरै रद्द भएको अवस्था देखिएको रद्द गरेको फाईल र भिसा दिएको फाईललाई विश्लेषण गर्दै भिसा रद्द हुनुको कारण पत्ता लगाइएको र क्यानडाको हाइकमिसनले विशेष हेरिराखेको अवस्था गोरेटोले थाहा पाएको र रद्द भएका विद्यार्थीहरु कुनै टेन्सन लिन नपर्ने अध्ययनका लागि सबै कुरा समेटेर पुन आवेदन दिने र भिसा अवश्य आउने ग्यारेन्टी गरेको छ ।

रद्द भएका विद्यार्थीलाई गोरेटो आउन आग्रह गर्दै रि एप्लिकेशन एक्सपर्ट धिरज कंडेल र सतिस भट्टसँग समय लिएर पुन आवेदनको तयारी गर्न आग्रह गरेका छन् । यसको अर्थ विद्यार्थीलाई आफैले भिसा बाड्ने र गोरेटोको नाममा गलत सन्देश नजावस भन्नका लागि विद्यार्थीलाई अवश्य भिसा आउने ग्यारेन्टी गरिएको छ । अर्को तर्फ रि एप्लिकेशन एक्सपर्टको पद निर्धारण गरेर विद्यार्थीलाई विश्वास दिलउन खोजिएको देखिन्छ जसको भ्रम मात्र देखिन्छ ।

पछिल्लो सामय शैक्षिक परामर्श संस्थाका संचालकहरु विद्यार्थीलाई जानकारी र परामर्श दिने भन्दै टिकटक लाईभमा बस्ने गरेका छन् । उनिहरु धेरै जसो टिकटकमै विद्यार्थी कुरेर बसिरहेका हुन्छन् र टिकटकबाटै विद्यार्थीलाई आफ्नो अफिस भिजिट गर्न भन्दै विज्ञापन गरिरहेका छन् । ( खवर एजुकेसनबाट साभार)