- २२ आश्विन २०७९, शनिबार २३:२२
काठमाडौँ- महन्थ ठाकुर नेचृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रतिनिधिसभातर्फ ७ सिट पाउने भएको छ। शनिबार राति भएको सहमतिमा लोसपालाई प्रतिनिधिसभातर्फ ७ सिट र प्रदेशसभातर्फ १६ सिट दिने सहमति भएको हो। गठबन्धनमा भएको सहमतिअनुसार लोसपाले सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २, महोत्तरी ३ र सर्लाही १ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिने भएको छ। गठबन्धनमा भएको सहमतिअनुसार लोसपाले सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २, महोत्तरी ३ र सर्लाही १ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिने भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष ठाकुर, अर्का नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा उक्त सहमति भएको हो।










प्रतिकृया दिनुहोस्